नेपाल इन्भेष्टमेन्ट बैंकको ३२औँ वार्षिक साधारणसभा सम्पन्न
Investopaper, Jan 15, 2019
नेपाल इन्भेष्टमेन्ट बैंकको आइतबार सम्पन्न ३२औँ वार्षिक साधारणसभा सम्पन्न गरेकाे छ । उक्त साधारणसभाले ०७४/७५ सम्मको सञ्चित मुनाफाबाट १८ प्रतिशत बोनस सेयर र २२ प्रतिशत नगद गरी ४० प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको हो ।
बैंक सञ्चालक समितिका अध्यक्ष पृथ्वीबहादुर पाँडेको अध्यक्षतामा सम्पन्न साधारणसभाले सञ्चालक समितिको विभिन्न प्रतिवेदनसमेत पारित गरेको छ । बैंकका अनुसार जगेडा कोषको रकम ९ अर्ब ७७ करोड रुपैयाँ तथा शेयरधनी कोष २४ अर्ब ८७ करोड पुगेको छ । पारित बोनस वितरणपछि बैंकको चुक्ता पुँजी १२ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ ।
जारी प्रतिवेदन अनुसार यस अवधिमा बैंकको निक्षेप १ खर्ब ४० अर्ब र ऋण १ खर्ब २० अर्ब रुपैयाँ पुगेको छ। बैंकको खराब कर्जा अनुपात भने १.३६ प्रतिशत छ। हाल बैंकका ७८ शाखा र १०९ वटा एटिएम मार्फल अाफ्ना ग्राहकहरूलाइ अधिराज्यभर सेवा दिइरहेकाे छ ।
