पञ्चकन्या स्टीललाई ग्रिनप्रो प्रमाणपत्र प्राप्त

इन्भेष्टाेपेपर । कात्तिक ६, २०८१

काठमाण्डाैँ । पञ्चकन्या ग्रुपको सिष्टर कन्सर्न उद्योग पञ्चकन्या स्टील प्रा. लि.को उत्पादन टिएमटि रिब्डबारले सन् २०२४ को लागि सि.आई.आई. ग्रिनप्रो प्रमाणपत्र प्राप्त गरेको छ ।

नेपालमा यो प्रमाणपत्र पाउने पञ्चकन्या ग्रुप पहिलो उद्योग समूह बन्न सफल भएको छ । यही २०८१ असोज ३० गतेका दिन भारतको दिल्लीमा आयोजित एक कार्यक्रममा पञ्चकन्या ग्रुपका कार्यकारी निर्देशक उज्ज्वल कुमार श्रेष्ठले उक्त प्रमाण पत्र ग्रहण गर्नु भएकाे हाे ।

पञ्चकन्या स्टीलको टिएमटि रिब्डबारले प्रतिष्ठित ग्रीनप्रो प्रमाणपत्र प्राप्त गरे पश्चात् कम्पनीको वातावरणीय स्थिरता र निर्माण क्षेत्रको उत्कृष्टताप्रतिको प्रतिबद्धताको थप एक महत्वपूर्ण उपलब्धि समेत भएकाे कम्पनीले जनाएकाे छ । कन्फेडेरेसन अफ इन्डियन इण्डष्ट्री (सिआइआइ) – सोराब्जी गोदरेज ग्रीन बिजनेस सेन्टरद्वारा प्रदान गरिएको ग्रीनप्रो प्रमाणपत्रले वातावरण संरक्षणका लागि कडा मापदण्डहरू पूरा गर्ने उत्पादनहरूलाई मान्यता दिन्छ ।

विश्व व्यापी रुपमा तापक्रम बढ्ने क्रम जारी छ र वातावरणमा नकारात्मक असर परिराखेको वर्तमान अवस्थामा वातावरण मैत्री प्रविधिलाई लागू गर्नु पर्ने टड्कारो आवश्यकतालाई मध्यनजर गर्दै यस्ता प्रविधि र सामग्रीलाई प्राथमिकता दिनु पर्नेमा सबैको सहमती भएकाे थियाे ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *