थ्रिस्टार हाइड्रोपावरले शत प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने

न्भेष्टाेपेपर । कात्तिक ६, २०८१

काठमाडौं । थ्रिस्टार हाइड्रोपावर लिमिटेडले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ ।

कात्तिक ५ गते बसेको कम्पनीको सञ्चालक समितिको बेठककाे निर्णयानुसार हाल कायम चुक्ता पूँजी ४९ करोड २५ लाख रुपैयाँको १ बरावर १ अनुपातमा हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।

हकप्रद शेयर निष्काशसनबाट प्राप्त रकममध्ये ३४ करोड २५ लाख रुपैयाँ आयोजना निर्माणको लागि लिएको बैंकको ऋण तथा अन्य दायित्व भुक्तानी गर्ने र बाँकी रहेको रकम १५ करोड रुपैयाँ निको इनर्जी लिमिटेडद्वारा निर्माणाधिन माथिल्लो भुरुण्डी ए जलविद्युत आयोजना (९ मेगावाट) का लागि आवश्यक स्वपूँजीमा लगानी गर्ने कम्पनीकाे याेजना रहेकाे छ । 

विद्युत नियमन आयोगबाट पूर्व स्वीकृति प्राप्त भएपश्चात कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सो दरमा हकप्रद शेयर निष्कासन गर्नेछ । 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *