गण्डकी प्रदेशसभा सदस्य गौचनको निधन

न्भेष्टाेपेपर । कात्तिक २९, २०८१

काठमाण्डाैँ । गण्डकी प्रदेशसभा सदस्य विमला गौचनको ६३ वर्षको उमेरमा निधन भएको छ । 

काठमाडौँको ग्राण्डी अस्पतालमा डेङ्गीको उपचारका क्रममा बुधबार राति उहाँको निधन भएको नेपाली कांग्रेस म्याग्दीका पूर्वसभापति तथा संविधानसभा सदस्य रेशमबहादुर बानियाले राससलाई बताउनुभयो । उहाँ नेपाली कांग्रेसबाट  समानुपातिक निर्वाचन प्रणालीबाट प्रदेशसभामा चुनिनुभएको थियो ।  

उहाँको शव अस्पतालमै राखिएको तथा उहाँका छोरा अमेरिकाबाट आएपछि अन्त्यष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *