गीतानगरमा कृषि विकास बैकको २७१औँ शाखा उद्धघाटन

न्भेष्टाेपेपर । मंसिर ३, २०८१

काठमाण्डाैँ । गाँउ घरमा सहज बैकिङ्ग सेवा दिने लक्ष्यका साथ भरतपुर महानगरपालिका वडा नं. ६ गीतानगर बजारमा कृषि विकास बैक लि.को नयाँ शाखा शनिबारदेखि उद्धघाटन गरिएको छ ।

बैकका सञ्चालक समिति सदस्य संजिव पौडेलले दिप प्रज्वलन र रिबन काटेर गीतानगर शाखाको नयाँ कार्यालय उद्धघाटन गर्नुभएको हाे ।

यस कार्यक्रमको बैकका कार्यकारी अधिकृत गोविन्द गुरुङले अध्यक्षता ग्रहण गर्नुभएको थियो । ‘साझा समृद्धिका लागि सबैको रोजाई बैक’ भन्ने दुरदृष्टिका साथ बैकको २ सय ७१ औँ र चितवन जिल्लाको १० औँ शाखाको रुपमा गीतानगर शाखा उद्धघाटन गरेको बैकका कार्यकारी अधिकृत गोविन्द गुरुङले जानकारी गराउनुभयो ।

बैकबाट सुनदेखि नुन सम्म, हलोदेखि हाईड्रो सम्म लगानी भईरहेको र हाल वित्तिय बजारमा उपलब्ध सम्पुर्ण अत्याधुनिक बैंकिङ्ग सुविधाहरुको उपलब्धता यस बैकसँग रहेकोले सेवा लिनु हुन बैकका कार्यकारी अधिकृत गोविन्द गुरुङले अनुरोध गर्नुभयो ।

उद्धघाटन कार्यक्रममा बैकको गीतानगर शाखामा पहिलो खाता खोल्ने सन्तोष लामिछानेलाई चेक बुक क्यूआर कोर्ड, पहिलो कर्जाग्राही विष्णु माया गौतम र चाँदनी खरेल लगायतलाई बैकको तर्फ फुलमालासहित सम्मान गरिएको बैकका गीतानगर शाखा प्रबन्धक सागर प्रसाद शर्माले जानकारी दिनुभयो ।

बैकका बरिष्ठ शाखा प्रमुख नुरप्रसाद गौतमले कार्यक्रम सञ्चालन गर्नुभएको कार्यक्रममा भरतपुर महानगर वडा नं. ८ का वडा अध्यक्ष जीवनाथ कडेँल, वडा नं. ६ का वडा वडा सदस्य रुद्र अधिकारी, उवासंघ चितवनका उपाध्यक्ष अशोक अधिकारी, बैकका उपमहाप्रबन्धक प्रेमकुमार श्रेष्ठ, वागमती तथा गण्डकी प्रदेश चिफ सुशिल हुमागाई, प्रदेश कार्यालय वीरेन्द्रनगर चितवनका निर्देशक सम्बृद्धि कार्की, कृषि तथा एमएसएमई विभाग प्रमुख निकु आचार्य, मार्केटिङ्ग एण्ड सेल्स विभागका बरिष्ठ शाखा प्रमुखद्धय धुव्र पौडेल र खेटराज दाहाल, लगायतको विशेष सहभागी थियो ।

बैकमा झण्डै ३ लाख शेयर धनी रहेकोमा हाल गीतानगर बजार शाखा क्षेत्रमा करिब १ सय भन्दा बढी निक्षेपकर्ताले खाता खोली बैंकिङ कारोबार गर्दै आएका छन् । बैकले १ लाख ५२ हजार कर्जाग्राहीबाट २ सय ६ अर्ब लगानी गरेको छ । भने २१ लाख निक्षेपकर्ताबाट २ सय ६० अर्ब निक्षेप संकलन गरेको जनाएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *