धितोपत्र बोर्ड अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त

न्भेष्टाेपेपर । मंसिर ११, २०८१

काठमाण्डाैँ । पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड धितोपत्र बोर्ड अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त हुनुभएकाे छ । उक्त पद झन्डै ११ महीनादेखि रिक्त रहेकाे थियाे ।

सोमबार बसेको मन्त्रीपरिषद् बैठकले सन्तोषनारायण श्रेष्ठलाई अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।

अर्थ मन्त्रालयले गठन गरेको सिफारिस समितिले अन्तर्वार्ताबाट छनोट भएका पाँच उम्मेदवारमध्ये सन्तोषनारायण श्रेष्ठ, मुक्तिनाथ श्रेष्ठ र डा. नवराज अधिकारीको नाम सिफारिस गरेको थियो । अध्यक्ष सिफारिसका लागि राष्ट्रिय योजना आयोगका तत्कालीन उपाध्यक्ष मीनबहादुर श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको थियो ।

काठमाडौं विश्वविद्यालयबाट बीबीए र एमबीए गरेका श्रेष्ठले यसअघि नेपाल विद्युत् प्राधिकरण सञ्चालकको रूपमा समेत काम गरेको अनुभव छ । साथै विभिन्न वित्तीय संस्थामा समेत लामो समय अध्यक्ष पदमा रहेर काम गरेको अनुभव श्रेष्ठसँग छ ।

लामाे समयदेखि बोर्ड नेतृत्वविहीन रहँदा आइपिओ, एफपिओ, ऋणपत्र, हकप्रदलगायत धितोपत्रको अनुमति प्रक्रिया ठप्प छ  । बोर्डका अनुसार शुक्रबारसम्म ७७ वटा कम्पनीले आइपिओ निष्कासनका लागि बोर्डमा आवेदन दिएका छन् ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *