माइक्रोसफ्टले भारतमा एआई क्षेत्रमा तीन अर्ब अमेरिकी डलर लगानी गर्ने

न्भेष्टाेपेपर । पुस २५, २०८१

नयाँ दिल्ली ।  अमेरिकी टेक कम्पनी माइक्रोसफ्टले आगामी दुई वर्षमा भारतमा क्लाउड कम्प्युटिङ र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) पूर्वाधार र प्रशिक्षणमा तीन अर्ब अमेरिकी डलर लगानी गर्ने घोषणा गरेको छ ।

माइक्रोसफ्टका प्रमुख कार्यकारी अधिकृत सत्य नडेलाले हाल बेङ्गलुरुमा आयोजित एक कार्यक्रममा उक्त घोषणा गर्नुभयो ।

टेक दिग्गजले सन् २०३० सम्ममा भारतमा एक करोड मानिसलाई एआई सीपमा तालिम दिनेछ ।

माइक्रोसफ्टले देशका डाटा सेन्टर क्याम्पसमा आफ्नो क्लाउड र एआई पूर्वाधार विस्तार गर्ने बताएको छ । माइक्रोसफ्टसँग पहिले नै बजारमा तीन डाटा केन्द्र क्षेत्रहरू छन् ।

यो लगानीले भारतको द्रुत रूपमा विस्तार भइरहेको एआई स्टार्ट–अप र अनुसन्धान को बढ्दो मागहरू पूरा गर्ने लक्ष्य राखेको छ, ”टेक विशालले एक विज्ञप्तिमार्फत जानकारी गराएको छ । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *