बाक्लो हुस्सु र शितलहरले पूर्व–पश्चिम राजमार्ग पूर्ण रुपमा अवरुद्ध

न्भेष्टाेपेपर । पुस २४, २०८१

नवलपुर ।  बाक्लो हुस्सु र शितलहका कारण पूर्व–पश्चिम राजमार्गअन्तर्गतको नारायणघाट–बुटबल सडकखण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ ।

नवलपरासीको बर्दघाट नगरपालिका ४ खुर्सानी खोलामा बाक्लो हुस्सु लागेको र शितलहर पनि चलेकाले बाटो चिप्लो हुँदा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रमेश बोहोराले जानकारी दिनुभयो ।

राति साढे एक बजेदेखि बाटो दुईतर्फी नै अवरुद्ध हुँदा दुई सय ५० भन्दा बढी सवारी साधन जाममा परेको प्रहरी नायब उपरीक्षक बोहोराले बताउनुभयो । चिप्लो बाटोका कारण ठुला र मालवाहक सवारी साधान सञ्चालनमा निक्कै कठिनाई भएको प्रहरीले जनाएको छ ।

सवारी सधानको सहज आवागमनका लागि प्रयास भइरहेको भए पनि कठिनाइ भएको बोहोराले बताउनुभयो । पुस लागेदेखि नै तराईका जिल्लाहरुमा बिहान अवेरसम्म नै बाक्लो हुस्सु र शितलहर चल्ने गरेको छ । यसको असर वृद्धवृद्धा, बालबालिकादेखि यातायातमा पनि परेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *