ताप्लेजुङको पाथीभरा क्षेत्रमा यस वर्षकै बाक्लाे हिमपात

न्भेष्टाेपेपर ।  फागुन १२, २०८१

ताप्लेजुङ  । ताप्लेजुङको पाथीभरा (मुकुमलुङ) क्षेत्रमा यस वर्षकै बाग्लो हिमपात भएको छ । गएराति तीन हजार सात सय ९४ मिटर उचाइमा रहेको पाथीभरालगायतका क्षेत्रमा बाक्लाे हिमपात भएको हो ।

पाथीभरा क्षेत्र विकास समितिका कर्मचारीसमेत रहेका स्थानियबासी राजेन्द्र महतका अनुसार यसअघि पुसमा पहिलो पटक र फागुन पहिलो हप्ता दोस्रो पटक पाथीभरा क्षेत्रमा सामान्य हिमपात भएको थियो । गएराति भने निकै बाग्लो हिमपात भएको छ ।

पाथीभरा क्षेत्रमा बाग्लो हिमपात परे पनि दर्शन गर्न पुग्ने तिर्थयात्रीलाई खासै असर नपरेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले बताउनुभयो । उहाँका अनुसार पाथीभराधामबाट झन्डै दुई किलोमिटर पदमार्गमा फाइवरको छानो लगाएकाले हिमपात भए पनि तिर्थयात्री सहजै पाथीभरा धामसम्म जान सक्छन् ।

पाथीभरा क्षेत्र विकास समितिका अनुसार आज अहिलेसम्म झन्डै तीन सय जना तिर्थयात्रीले पाथीभरा धामको दर्शन गरेका छन् ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *