श्री सार्ई इन्टरप्राइजेजले मल्टी ब्रान्ड स्यानिटरी शोरुमको रुपमा व्यवसाय विस्तार

न्भेष्टाेपेपर ।  फागुन १३, २०८१

काठमाण्डाैँ । काठमाडौंको सतुंगलमा अवस्थित श्री सार्ई इन्टरप्राइजेजले अब मल्टी ब्रान्ड स्यानिटरी शोरुमको रुपमा थप व्यवसाय विस्तार गरेको छ । पहिले देखि नै ज्यागुअर, हिन्दवेयर र अन्य ब्रान्डको कारोबार गरिरहेको इन्टरप्राइजेजले अब कजारिया र अन्य ब्रान्डको समेत कारोबार गर्ने भएको छ ।

चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरी र विभिन्न वडाका वडाध्यक्ष लगायतले उक्त मल्टी ब्रान्ड शोरुमको उद्घाटन गर्नुभयो । सो अवसरमा मेयर गिरीले चन्द्रागिरि नगर क्षेत्रलाई उत्कृष्ट बनाउने नगरपालिकाको चाहना भएको र कुनै पनि घरको फिनिसिङका लागि गुणस्तरीय स्यानिटरी र अन्य सामग्री उपलब्ध गराउने कार्यमा यस प्रकारका शोरुमको महत्वपूर्ण भूमिका हुने बताउनु भयो ।

श्री सार्ई इन्टरप्राइजेजका म्यानेजिङ डाइरेक्टर जगदिश पन्थीले चन्द्रागिरि नगरपालिका भित्रकै सबैभन्दा ठूलो मल्टी ब्रान्ड शोरुम शुभारम्भ गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो ।

२०६९ साल देखि स्यानिटरी, टायल लगायतका सामग्रीको कारोबार गर्दै आइरहेको श्री सार्ई इन्टरप्राइजेज हाल यो अवस्थामा आइपुगेको हो । युरोप र अमेरिकामा करिव १० वर्ष विताएर नेपालमै केही काम गर्ने चाहनाका साथ जगदिश पन्थीले यो व्यवसाय थालेका थिए । हाल धेरै युवाहरुले यसमा प्रत्यक्ष रोजगारी समेत पाएका छन् भने अप्रत्यक्ष रोजगारी पाउने समेत धेरै छन् ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *