नेपाल इन्भेष्टमेन्ट मेगा बैंककाे वार्षिक साधारण सभा सम्पन्न

न्भेष्टाेपेपर ।  फागुन १७, २०८१

काठमाण्डाैँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को ३८ आँै वार्षिक साधारण सभा राष्ट्रिय सभागृह प्रदर्शनी मार्ग, काठमाडौंमा सफलतापुर्वक सम्पन्न गरेको छ ।

वार्षिक साधारणसभा पश्चात भएको निर्वाचनमा संस्थापक समुह तर्फबाट पृथ्वी बहादुर पाँडे सहित दिपंकर शाक्य उदय, प्रजन्य राजभण्डारी, र मदन कुमार आचार्यको निर्विरोध निर्वाचित भएका छन् । सर्वसाधारण शेयरधनी समुहको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक पदको निर्वाचनमा कवि कुमार टिवरेवाला र शालिक राम बेल्बासे निर्वाचित भएका छन् ।

आर्थिक वर्ष २०८०/८१ मा बैंक ४ अर्ब ११ करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ । आर्थिक वर्ष २०८०/८१ मा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको कूुल निक्षेप ४६ अर्ब ५८ करोड रुपैयाँले वृद्घि भइ ४ खर्ब ७ अर्ब रुपैयाँ पुगेको छ । त्यसैगरी आर्थिक वर्ष २०८०/८१ को अन्त्यमा बैंकको कूल कर्जा तथा सापटी रकम ६ अर्ब १० करोड रुपैयाँले वृद्घि भइ ३ खर्ब १८ अर्ब रुपैयाँ पुगेको छ ।

अघिल्लो आर्थिक वर्षको अन्त्यमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको कूल कर्जा तथा सापटी रकम ३ खर्ब १२ अर्ब रुपैयाँ रहेको थियो । यस बैंकको चुक्ता पूँजी ३४ अर्ब १३ करोड रुपैयाँ र कुल शेयरधनी कोश ६० अर्ब १७ करोड रुपैयाँ पुगेको छ ।

हाल बैंकले २७२ शाखा, २६६ एटिएम, १६ राजश्व संकलन काउन्टर सहित ६५ एक्टेन्सन काउन्टर र ६६ शाखारहित बैंकिङ मापर्mत ३२ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा दिँदै आएको छ । गुणस्तरीय सेवा तथा सुबिधा प्रदान गरेका कारण समीक्षा अवधिमा बैंकले अन्तराष्ट्रिय प्रकाशन– युरोमनीबाट “बेस्ट बैंक २०२३” को उपाधि समेत प्राप्त गर्न सफल भएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *