हिमालयन एभरेष्ट इन्स्योरेन्सको साधारणसभा सम्पन्न, विविध प्रस्ताव पारित

न्भेष्टाेपेपर ।  फागुन २८, २०८१

काठमाण्डाैँ । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको ३१औं वार्षिक साधारणसभा अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठको अध्यक्षतामा अनमोल बैंक्वेट, शंखमुल, काठमाडौंमा सम्पन्न भएको छ ।

उक्त साधारणसभाले आ.व. २०८०/०८१को मुनाफाबाट शेयरधनीहरुलाई ८.७५ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेकाे छ । साथै, सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण, ईक्विटीमा भएको परिवर्तन आदि पनि साधारणसभाले पारित गरेकाे थियाे ।

साेहि साधारणसभाबाट आ.व. २०८१/०८२ को लागि कम्पनीको बाह्रय लेखापरीक्षकको नियुक्ति र पारीश्रमिक समेत लेखापरीक्षण समितिले सिफारिस गरिए बमोजिम अनुमोदन गरिएकाे थियाे ।

उक्त साधारणसभालाई सम्बोधन गर्दै कम्पनीका अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठले कम्पनीले प्रविधि र प्रतिभामा वर्तमानमा गरेको लगानीको माध्यमबाट दीर्घकालिन रुपमा श्रोतहरुको परिचालन गरि दिगो लाभ लिन सकिनेमा विश्वास लिएको बताए । यसका साथै, उनले सबै सरोकारवालाहरुको विश्वास र सहयोगबाट कम्पनीलाई गतिशील बनाउँदै निर्जीवन बीमा क्षेत्रमा अग्रणी रुपमा स्थापित हुनेमा आफू पूर्णरुपमा विश्वस्त रहेको पनि उल्लेख गरे ।

त्यसैगरि, हिमालयन एभरेष्ट इन्स्योरेन्सको ३१ औं साधारणसभामा आफ्नो स्वागत मन्तव्य राख्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत अन्जु श्रेष्ठले नविनतम प्रविधिको प्रयोगबाट निर्जीवन बीमाका ग्राहकहरुलाई गुणास्तरीय सेवा प्रदान गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमै प्रतिष्ठित संस्था बनाउन आफ्नो अधिकतम प्रयास रहने बताए ।

त्यस्तै, साधारणसभामा शेयरधनीहरुका तर्फबाट जगन्नाथ आचार्य, उत्तमदत्त पाण्डे, सुदिप श्रेष्ठ लगायतका शेयरधनीहरुले आफ्नो मन्तव्य राखेका थिए । 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *