३९‍‍.१३ अंकले बढ्यो नेप्से, कारोबार रकम घट्यो

न्भेष्टाेपेपर ।  चैत १३, २०८१

काठमाण्डाै । सेयर कारोबार मापक नेप्से परिसूचक ३९‍‍.१३ अंकले बढेको छ । हिजो ५८ अङ्कले घटेको शेयर बजार आज ३९ दशमलव १३ अङ्कले बढेर २ हजार ६ सय २१ दशमलव ८६ विन्दुमा पुगेको छ ।

आज सबै समूहको शेयर बढेकोमा जीवन बीमा र अन्य समूहको शेयर २ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ । यस्तै फाइनान्स, होटल, जलविद्युत्, लगानी, निर्जीवन बीमा समूहको शेयर साढे १ प्रतिशतभन्दा धेरैले बढेको छ ।

आज माउन्टेन हाइड्रो नेपाल, श्वेत–गङ्गा हाइड्रोपावर एन्ड कन्स्ट्रक्शन र मनकामना इन्जिनियरिङ हाइड्रोपावर कम्पनीको शेयर ५ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार उकालो लागेको दिन उपकार लघुवित्त कम्पनीको शेयर सबैभन्दा धेरै ७ प्रतिशतले घटेको छ ।

नेप्से बढे पनि आज कारोबार रकम भने घटेको छ । हिजो ५ अर्ब १८ करोडको शेयर कारोबार भएकोमा आज ३ सय १७ वटा कम्पनीका ९१ लाख ४२ हजार कित्ता शेयर ४ अर्ब २० करोड रुपैयाँमा किनबेच भएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *