नेप्सेको सीईओमा चूडामणि चापागाँई

न्भेष्टाेपेपर ।  चैत १९, २०८१

काठमाडौँ । नेपाल सरकारले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा चूडामणि चापागाईंलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चापागाईंलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

उक्त पदका लागि १० जनाको आवेदन परेकामा छनोट समितिले पहिलो चरणमा चापागाईं, पूर्णप्रसाद आचार्य, बद्रीप्रसाद प्याकुरेल र हेमन्त बस्याललाई छानेको थियो । तीमध्ये तीन जनाको नाम सिफारिस गरिएकामा मन्त्रिपरिषद्‍ले चापागाईंलाई नियुक्त गरेको हो ।

नेप्सेको सीईओ छान्न अर्थ मन्त्रालयले तीन साताअघि छनोट समिति गठन गरेको थियो । उपप्रधान एवं अर्थमन्त्रीस्तरीय निर्णयअनुसार सहसचिव पोखरेलको संयोजकत्वमा गठित समितिमा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल र विज्ञ सदस्यका रूपमा खोमराज खरेल सदस्य छन् । तत्कालीन सीईओ कृष्णबहादुर कार्कीको पदावधि सकिएपछि गत माघ २५ देखि नेप्सेको सीईओ पद खाली रहेको थियो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *