सुनको मूल्यमा निरन्तर उकालाे यात्रा, हालसम्मकै उच्चतम मूल्य

न्भेष्टाेपेपर । आश्विन ७, २०८२

काठमाडौँ ।  नेपाली बजारमा सुनकाे मूल्यले निरन्तर उकालाे यात्रा कायम राख्दै हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।

आज सुन प्रतितोला रू दुई लाख २१ हजार ७०० मा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन प्रतितोला रू दुई लाख १७ हजार ८०० मा किनबेच भएकोमा आज तोलामा रू तीन हजार नौ सय बढेको हो ।

त्यसैगरी आज चाँदी रू दुई हजार ६८० मा किनबेच हुनेछ । अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔंस तीन हजार ७४८ अमेरिकी डलर हाराहारीमा कारोबार भईरहेको छ । 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *