दैनिकजसाे सुन र चाँदीको मूल्यले बनाउँदै नयाँ रेकर्ड

इन्भेष्टाेपेपर ।  माघ १२, २०८२

काठमाण्डाैँ । नेपाली बजारमा सुन र चाँदीको मूल्यले पुनः ऐतिहासिक उचाई बनाएको छ । पछिल्ला तीन दिनदेखि सुन र चाँदीको मूल्य निरन्तर नयाँ रेकर्ड बनाउदै बढ्ने क्रममा रहेको हो ।आज सुन प्रतितोला ५ हजार २०० रुपैयाँ र चाँदीको मूल्य तोलामा २८५ रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । आईतबारको बजारमा सुनको मूल्य प्रतितोला ३ लाख ३ हजार ८०० रुपैयाँ कारोबार भएको थियो । सो मूल्य रेकर्डलाई ब्रेक गर्दै यस दिन सुनको मूल्यले नयाँ उचाई बनाएको हो ।

आजै चाँदीको मूल्य तोलामा २८५ रुपैयाँ बढेर रेकर्ड ब्रेक गरेको छ । आजको बजारमा चाँदी प्रतितोला ६ हजार ७६५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ । आईतबारको बजारमा चाँदी प्रतितोला ६ हजार ४८० रुपैयाँमा खरिदबिक्री भएको थियो । यस दिन चाँदीको मूल्यले पनि आईतबार बनाएको रेकर्ड ब्रेक गर्दै नयाँ उचाई बनाएको हो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *