सुनको भाउ प्रतितोला १३ हजार ४०० ले घट्यो

इन्भेष्टाेपेपर ।  माघ १९, २०८२

काठमाडौँ ।  स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला १३ हजार ४०० ले घटेको छ । आइतबार प्रतितोला तीन लाखमा कारोबार भएको सुनको मूल्य आज घटेर दुई लाख ८६ हजार ६०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

महासङ्घका अनुसार आज चाँदीको मोल पनि घटेको छ । आइतबार प्रतितोला पाँच हजार ५०० मा कारोबार भएको चाँदी आज पाँच हजार दुई सयमा कारोबार भइरहेको छ । 

यही माघ १५ गते सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको थियो । महासङ्घका अनुसार उक्त दिन सुनको मोल प्रतितोला तीन लाख ३९ हजार ३०० पुगेको थियो । सुनको मूल्य तोलामा तीन दिनमा ५२ हजार ७०० ले घटेको हो ।  (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *