गायक प्रज्वल कार्कीको नयाँ गीत “रहेन केही” सार्वजनिक
इन्भेष्टाेपेपर । माघ १९, २०८२
काठमाडौं । द भ्वाइस अफ नेपाल सिजन ६ मा निकै चर्चा कमाउन सफल प्रज्वल कार्कीको गीत “रहेन केही” सार्वजनिक भएको छ । मिलन भट्टराईको शब्द अनि प्रज्वल र मिलनको संगीत रहेको गीतमा अनमोल थापाको एरेन्ज रहेको छ ।
लोकप्रिय जोडी अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री करुणा श्रेष्ठ अभिनित गीतको म्युजिक भिडियोमा प्रेम र धोका देखाउन खोजिएको छ । भिडियोलाइ निकेश खड्काले निर्देशन गरेका हुन् । दिनेश पराजुलीको छायांकन र विकाश धमलाको सम्पादन रहेको भिडियोलाई गीतकार मिलन भट्टराईको अफिसियल च्यानल मार्फत सार्वजनिक भएको हो।
काठमाडौंँ रहेर आफनो सांगीतिक यात्रालाई अगाडी बढाई रहेका डडेल्धुराका उदयमान गायक कार्कीको यसअघि पनि एउटा गीत सार्वजनिक भैसकेको छ ।
