बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

इन्भेष्टाेपेपर ।  चैत्र १३, २०८२

काठमाडौँ ।  राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा प्रतिनिधि सभाका सदस्य बालेन्द्र शाहलाई प्रधानमन्त्री पदमा नियुक्त  गर्नुभएकाे छ ।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार राष्ट्रपति पौडेलले शुक्रबार बिहान शाहलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो । उहाँ नेपालको ४७ औं प्रधानमन्त्री बन्नुभएकाे छ ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ७६ (१) अनुसार शाहलाई प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको हो ।

शाहले आजै दिउँसो १२:३४ बजे प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिने मिति तय भएको छ । राष्ट्रपति भवन, शीतल निवासमा हुने शपथ ग्रहणमा ७ वटा शंखनाद हुनेछ । त्यस्तै १०८ जना बटुकबाट स्वस्ति शान्ति वाचन र १६ जना बौद्ध भिक्षुद्वारा अष्टमंगल पाठ गराइने कार्यक्रम रहेको रास्वपाले जनाएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *