कूटनीतिक आचारसंहिता पालना गर्न मन्त्रीलाई परराष्ट्र सचिवको ब्रिफिङ

इन्भेष्टाेपेपर ।  चैत्र २५, २०८२

काठमाडौँ ।  परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारका मन्त्रीलाई ‘परराष्ट्र मामिला तथा कूटनीतिक आचारसंहिता’ का सम्बन्धमा विस्तृत जानकारी गराएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार आयोजित एक कार्यक्रममा परराष्ट्र सचिव अमृतबहादुर राईले प्रस्तुति दिनुभएको हो ।

प्रधानमन्त्रीका प्रेस विज्ञ दीपा दाहालका अनुसार सचिव राईले अन्तर्राष्ट्रिय परिवेश, नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध, राष्ट्रिय हितको प्रवर्धन र नेपालको समग्र परराष्ट्र नीतिबारे मन्त्रीलाई जानकारी गराउनुभएको थियो ।

प्रस्तुतिका क्रममा सचिव राईले परराष्ट्र नीति सञ्चालन गर्दा अपनाउनुपर्ने विधि, सीमा र कूटनीतिक मर्यादाका सम्बन्धमा सूक्ष्म ढङ्गले प्रकाश पार्नुभयो । उहाँले नेपालको परराष्ट्र नीतिका प्राथमिकता, सम्बन्धको सन्तुलन र कूटनीतिक आचारसंहिताका प्राविधिक पक्षलाई विशेष जोड दिनुभयो ।

यसैगरी विदेशी पदाधिकारीसँग हुने भेटवार्ताका क्रममा पालना गर्नुपर्ने सामान्य शिष्टाचारदेखि कूटनीतिक आचारसंहिताको अनिवार्य पालनाका विषयमा समेत मन्त्रीलाई जानकारी गराइएको थियो । नयाँ सरकारका सदस्यलाई कूटनीतिक मर्यादा र राष्ट्रिय हित अनुकुलका कार्य गर्न सहज होस् भन्ने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । याे समाचार गाेरखापत्र दैनिकमा प्रकाशित भएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *