योजना आयोगकाे उपाध्यक्षमा भट्ट नियुक्त

इन्भेष्टाेपेपर ।  चैत्र २५, २०८२

काठमाडौँ । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा गुणाकर भट्टलाई नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले भट्टलाई नियुक्त गर्ने निर्णय गरेको हाे ।

अन्तरिम सरकार बाहिरिएसँगै योजना आयोगमा उपाध्यक्षको पद रिक्त भएको थियो । आयोगमा प्रधानमन्त्री अध्यक्ष हुने व्यवस्था छ । प्रधानमन्त्री पदबाट हटेपछि राष्ट्रिय योजना आयोगका उपाध्यक्षलगायत पदाधिकारी पनि स्वतः हट्ने व्यवस्था छ ।  

डोटीमा जन्मनुभएका भट्ट नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक हुनुहुन्छ । उहाँले व्यवस्थापन र अर्थशास्त्रमा स्नातकोत्तर तथा अमेरिकाबाट अर्थशास्त्रमा विद्यावारिधि गर्नुभएकाे छ ।  

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *