उपसभामुखमा श्रम संस्कृति पार्टीकी ठाकुर निर्वाचित

इन्भेष्टाेपेपर ।  चैत्र २७, २०८२

काठमाण्डाै । प्रतिनिधिसभाकाे उपसभामुखमा श्रम संस्कृति पार्टीकी रुबीकुमारी ठाकुर निर्वाचित हुनुभएकाे छ ।

आजकाे बैठकमा भएकाे मतदानबाट २५ वर्षीया ठाकुर उपसभामुखमा निर्वाचित हुनुभएकाे हाे । याेसँगै नेपालकाे संसद्ले इतिहासकै कान्छी उपसभामुख पाएकाे छ ।

बैठकमा २५७ जना सांसद उपस्थित भएकाेमा ठाकुरकाे पक्षमा २२९ मत खसेकाे सभामुख डीपी अर्यालले जानकारी दिनुभयाे । यस्तै उहाँकाे विपक्षमा ५ र तटस्थ २२ मत खसेकाे छ । ठाकुरकाे पक्षमा रास्वपा, कांग्रेस, नेकपाका सांसदले पनि मत दिएका छन् ।

यस्तै उपसभामुखकी अर्का उम्मेदवार राप्रपाकी सरस्वती लामाकाे पक्षमा भने जम्मा ५ मत खसेकाे छ । लामालाई राप्रपाका सांसदले मात्रै मत दिएका हुन् । यस्तै उहाँकाे विपक्षमा २१५ र तटस्थ ३७ मत खसेकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *