टी–२० क्रिकेट : महिला टोलीले मलेसियालाई हराउँदै खेलकाे शुरूवात

इन्भेष्टाेपेपर ।  जेष्ठ ६, २०८३

काठमाण्डौ । नेपाली राष्ट्रिय महिला क्रिकेट टोली आज मलेसियासँग भएको पहिलो टी–२० खेलमा विजयी भएको छ । 

घरेलु टोलीसँगको दुई वटा टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला अन्तर्गत आज भएको पहिलो खेलमा नेपाल २ विकेटले विजयी भएको हो । मलेसियाले दिएको ६८ रनको लक्ष्य नेपालले १७ ओभर ३ बलमा ८ विकेट गुमाएर भेट्टायो । 

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको घरेलु टोली मलेसिया १६ ओभर ५ बलमा ६७ रनमा अलआउट भएको थियो । नेपालकी पूजा महतोले ३, मनीषा उपाध्याय र रिया शर्माले दुई÷दुई र कविता कुँवर र सीता मगरले एक/एक विकेट लिए । 

अर्को खेल पर्सि शुक्रबार हुनेछ । एसिसी महिला प्रिमियर कप र २०औँ एसियन खेलकुद प्रतियोगिताको छनोट खेलअघि नेपालले मलेसियासँग टी–२० शृङ्खला खेलेको हो । 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *