दीपेन्द्र ऐरीकाे कप्तानीमा एसियन गेम्सका लागि नेपाली क्रिकेट टोली घोषणा

इन्भेष्टाेपेपर ।  जेष्ठ १०, २०८३

काठमाडौँ ।  एसियन गेम्स अन्तर्गतको क्रिकेट प्रतियोगिताका लागि नेपालको राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले सार्वजनिक गरेको खेलाडी सूचीअनुसार नियमित उपकप्तान अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई टोलीको कप्तान चयन गरिएको छ ।

मुख्य प्रतियोगिताको तयारीका रूपमा हेरिएको यस टोलीमा अनुभवी तथा युवा खेलाडीको सन्तुलन मिलाइएको छ । टोलीका अन्य सदस्यमा नियमित कप्तान रोहित पौडेलसहित कुशल भुर्तेल, सन्दीप लामिछाने, आसिफ शेख, शेर मल्ल, सन्दीप जोरा, नन्दन यादव, कुशल मल्ल, आरिफ शेख, लोकेश बम, करण केसी, सोमपाल कामी र शाहब आलम हुनुहुन्छ । 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *