शेयर बजारकाे राैनक घट्दै, ४ अर्ब ४४ कराेडकाे काराेबार

इन्भेष्टाेपेपर ।  असार ८, २०८३

काठमाण्डाै । पछिल्ला केही दिनदेखि सुस्ताएको सेयर बजारमा सोमबार पनि सोही प्रवृति दोहोरिएको छ । गत शुक्रबार करिब साढे १ अंकले बढेको नेप्से हप्ताको पहिलो कारोबार दिन सोमबार १.४६ अंकले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १ दशमलव ४६ अङ्कले घटेर २ हजार ७०० दशमलव ६५ विन्दुमा झरेको छ ।

आज फाइनान्स, माइक्रोफाइनान्स र व्यापार बाहेक सबै समूहकाे सूचक घटेकाे छ । आज १४३ वटा कम्पनीको शेयर घटेकोमा ११६ वटाकाे बढेको छ । यस्तै १४ वटा कम्पनीको शेयर घटबढ भएको छैन ।

आज नेपाल बैंकको डिबेन्चर ३ दशमलव ८७ प्रतिशतले घटेको छ । बजार सामान्य घटेको दिन टक्सार पिखुवा खोला हाइड्रोपावर र याम्बलिङ हाइड्रोपावरको शेयर १५ प्रतिशतले बढेको छ । यी दुई वटै कम्पनीको शेयर आजदेखि कारोबारमा आएकाे हो ।

आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । गएको शुक्रवार ४ अर्ब ५३ करोडको कारोबार भएकोमा आज ३५३ वटा कम्पनीको ८१ लाख ३८ हजार कित्ता शेयर ४ अर्ब ४४ करोड रुपैयाँमा किनबेच भएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *