मदन पुरस्कारका लागि छानिएका १० वटा कृतिकाे सूची सार्वजनिक
इन्भेष्टाेपेपर । साउन ४, २०८३
काठमाण्डाै । ‘मदन पुरस्कार २०८२’ का लागि छनोटमा परेका पुस्तकको ‘श्रेष्ठ सूची’ सार्वजनिक भएको छ । मदन पुरस्कार गुठीले आज १० वटा पुस्तकको सूची सार्वजनिक गरेको हो ।
२०८२ को मदन पुरस्कारका लागि प्राप्त भएका २९८ पुस्तकमध्ये गुठीले १० वटालाई ‘श्रेष्ठ सूची’ का रूपमा छनोट गरेको हो । यिनै १० वटा पुस्तकमध्येबाट एउटा सर्वाेत्कृष्ट पुस्तकलाई मदन पुरस्कार प्रदान गरिनेछ ।
छानिएका १० कृति
- अज्ञात — केशवराज ज्ञवाली
- इथा — केशव दाहाल
- उत्कर्ष — ललित विष्ट
- नेपालमण्डलसँग जोडिएको सिम्रौनगढको इतिहास — रोशनकुमार झा
- नेवार समुदायका परम्परागत मुकुन्डोनाच — वीणा जोशी (राजभण्डारी)
- परिधि — उमा सुवेदी
- महायुग — सीमा आभास
- सलह — श्रवण मुकारुङ
- स्वस्पर्श — डा. नवराज केसी
- हिउँद — नदीश
२०८१ सालको मदन पुरस्कार छुदेन काविमोको पुस्तक ‘उरमाल’ ले प्राप्त गरेको थियो ।

