मदन पुरस्कारका लागि छानिएका १० वटा कृतिकाे सूची सार्वजनिक

इन्भेष्टाेपेपर ।  साउन ४, २०८३

काठमाण्डाै । ‘मदन पुरस्कार २०८२’ का लागि छनोटमा परेका पुस्तकको ‘श्रेष्ठ सूची’ सार्वजनिक भएको छ । मदन पुरस्कार गुठीले आज १० वटा पुस्तकको सूची सार्वजनिक गरेको हो ।

२०८२ को मदन पुरस्कारका लागि प्राप्त भएका २९८ पुस्तकमध्ये गुठीले १० वटालाई ‘श्रेष्ठ सूची’ का रूपमा छनोट गरेको हो । यिनै १० वटा पुस्तकमध्येबाट एउटा सर्वाेत्कृष्ट पुस्तकलाई मदन पुरस्कार प्रदान गरिनेछ ।

छानिएका १० कृति

  • अज्ञात — केशवराज ज्ञवाली
  • इथा — केशव दाहाल
  • उत्कर्ष — ललित विष्ट
  • नेपालमण्डलसँग जोडिएको सिम्रौनगढको इतिहास — रोशनकुमार झा
  • नेवार समुदायका परम्परागत मुकुन्डोनाच — वीणा जोशी (राजभण्डारी)
  • परिधि — उमा सुवेदी
  • महायुग — सीमा आभास
  • सलह — श्रवण मुकारुङ
  • स्वस्पर्श — डा. नवराज केसी
  • हिउँद — नदीश

२०८१ सालको मदन पुरस्कार छुदेन काविमोको पुस्तक ‘उरमाल’ ले प्राप्त गरेको थियो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *