सुनको भाउ आज पनि घट्यो, मंगलवारदेखि घटनेक्रम जारी

इन्भेष्टाेपेपर । भाद्र १२, २०८३

काठमाण्डाै ।  कारोबार हुने हप्ताको अन्तिम दिन आज सुनको भाउ तोलामा २ हजार ४०० रुपैयाँले घटेको छ । यो हप्ता गएको आइतबार र सोमबार बढेको सुन मंगलबारदेखि लगातार घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन आज ३ लाख १८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन ३ लाख २० हजार ९०० रुपैयाँ थियो । अस्ति बुधबार सुन तोलामा सामान्य घट्दै ३ लाख २२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

हप्ताको पहिलो कारोबार दिन आइतबार सुनको भाउ अघिल्लो हप्ता शुक्रबारको तुलनामा २ हजार ८०० रुपैयाँले बढेर ३ लाख १९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । अघिल्लो हप्ता शुक्रबार सुन ३ लाख १६ हजार ७०० रुपैयाँ थियो ।

आज चाँदीको भाउ भने घटबढ भएको छैन । चाँदी हिजोको जस्तै आज पनि ४ हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदी ७५ रुपैयाँले बढेर तोलाको चार हजार नौ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *