ठगी कार्य बढेपछि, सरकारको आधिकारिक खाता र क्यूआर कोडमा मात्र राहत रकम पठाउन अनुरोध

इन्भेष्टाेपेपर । भाद्र १२, २०८३

काठमाडौँ   । बाढीपीडितको नाममा संकलन गरिएको राहत सहयोगमा स्क्याम(ठगी) हुन थालेपछि सरकारको आधिकारिक खाता र क्यूआर कोडमा मात्र रकम पठाउन अनुरोध गरिएको छ । 

रसुुवाको भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावितको लागि संकलन गरिएको सहयोग रकममा ठगी हुन थालेपछि नेपाल प्रहरी साइबर ब्युरोले सचेत रहन अनुरोध गरेको हो । आम नागरिकलाई सहयोग गर्दा सरकारको आधिकारिक खाता र क्युआर कोडमा मात्र रकम पठाउन प्रहरीले अनुुरोध गरेको छ । केही व्यक्तिले राहतको नाममा ठगी गर्न थालेपछि सहयोगदातालाई सचेत रहन आग्रह गरिएको छ । 

‘प्रधानमन्त्री दैवी उद्धार कोष’ वा ‘प्रधानमन्त्री राहत कोष’को नाममा प्रयोग गरिएका व्यक्तिगत बैंक खाता वा ई– वालेट, आधिकारिक निकायको लोगो, नाम वा ढाँचा नक्कल गरी बनाइएका फर्जी क्यूआर कोडमार्फत रकम संकलन गर्न थालिएपछि सामाजिक सञ्जालमा यसको चौतर्फी आलोचना समेत भएको छ ।

प्रतिनिधि सभा सदस्य एंव राष्ट्रिय प्रजातन्त्र पार्टीका सचेतक ज्ञानेन्द्र बहादुुर साहीले विपद्को समयमा पीडित वा मृतकका गहना र सामान लुटपाट गर्ने वा राहतका नाममा अमानवीय गतिविधि गर्नेहरूलाई तत्काल पहिचान गरी कडा कानुनी कारबाही गर्नुपर्ने बताउनुुभएको छ ।  

बुुधबार आएको बाढीका कारण ठुलो संख्यामा मानवीयसँगै भौति क्षति भएपछि सरकारले राहतका लागि आह्वान गरेको थियो । निजी व्यवसायी, विभिन्न संघसंगठन, स्वदेश विदेशमा बस्ने नागरिकले सहयोग गरिरहनुुभएको छ । विपतको समयमा असहाय नागरिकका लागि संकलन गरिएको रकम दुरुपयोग हुनु सामाजिक अपराध हो । याे समाचार गाेरखापत्र दैनिकमा प्रकाशित भएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *