फेरी बढ्याे अन्डाको मूल्य

इन्भेष्टाेपेपर । आश्विन ७, २०८३

काठमाडौँ । नेपाल लेयर्स कुखुरापालक संघले अन्डाको मूल्य फेरि बढाएको छ । संघले एक्सल र ठूलो अन्डाको समर्थन मूल्य बढाएको हो । नयाँ मूल्यअनुसार एक्सल अन्डाको प्रतिक्रेट ६ सय १५ तोकेको छ । ठूलो अन्डा प्रतिक्रेट ६ सय रुपैयाँ पुगेको छ ।

यसअघि १९ भदौमा तोकिएको समर्थन मूल्यअनुसार एक्सल अन्डाको प्रतिक्रेट ६ सय र ठूलो अन्डाको ५ सय ९० रुपैयाँ थियो ।

७ असोजदेखि लागू हुने गरी काठमाडौंमा भएको भौतिक तथा भर्चुअल बैठकबाट देशैभरिका अन्डा उत्पादक संघले मूल्य तोकेको बताएको छ ।

संघले मिडियम, सानो अन्डा र उपभोक्ता मूल्य भने यथावत् राखेको छ । यसअघिको मूल्यमा मिडियम अन्डा प्रतिक्रेट ५ सय ५० रुपैयाँ छ भने सानो अन्डा ३ हजार २ सय पेटी समर्थन मूल्य तोकिएको छ । उपभोक्ता मूल्य प्रतिगोटा २५ र प्रतिदुईवटाको ४५ रुपैयाँ तोकेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *