पूर्व राष्ट्रपति भण्डारी अब एमालेको वरिष्ठ नेता

इन्भेष्टाेपेपर । आश्विन ८, २०८३

काठमाडौँ । नेकपा (एमाले) को केन्द्रीय कमिटी तेस्रो बैठकबाट पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई वरिष्ठ नेताको जिम्मेवारी दिने निर्णय गरेको छ । केन्द्रीय कमिटीको बैठकअघि आज भएको सो पार्टीको सचिवालयको बैठकले वरिष्ठ नेतामा भण्डारीको नाम चयन गरेको हो ।

साथै, केन्द्रीय सदस्यमा मनोनयन हुने सूची पनि पारित गरेको छ। पार्टीका पूर्व उपाध्यक्ष भण्डारीलाई पार्टीको सदस्यता दिने/नदिने विषयमा आन्तरिक बहस चलेकोमा हाल सर्वम्मतिले वरिष्ठ नेताको जिम्मेवारी दिने निर्णय भएको छ। एमालेका सचिव हिक्मत कार्कीले भण्डारी अब वरिष्ठ नेताको भूमिकामा रहने र उहाँको राजनीतिक तथा साङ्गठनिक अनुभवले पार्टीको आगामी कार्यभारलाई प्रभावकारी रूपमा अघि बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।

सचिव पद्मा अर्यालले भण्डारीजस्तो अनुभवी र सम्मानित नेतालाई सदस्यता दिइसकेपछि विशुद्ध पार्टी सदस्य बनाएर मात्रै राख्न उपयुक्त नहुने भएकाले वरिष्ठ नेताको जिम्मेवारी दिइएको बताउनुभयो। अर्का सचिव महेश बस्नेतले केन्द्रीय कमिटीको बैठक सौहार्दरुपमा सम्पन्न भएको उल्लेख गर्दै  ‘नेतृत्व र पार्टीमाथि भएको हमलालाई निराश’ बनाउँदै पार्टीलाई एकताबद्ध तथा उत्साहित बनाउँदै बैठक सम्पन्न भएको जिकिर गर्नुभयो । 

असोज ५ गतेदेखि जारी केन्द्रीय कमिटी बैठक आज सकिँदैछ । केन्द्रीय कमिटीको बुधबारको बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन पारित भएको थियो। (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *