नासाको ‘क्रु–फोर्टिन् अभियान’मा सहभागी हुने चार सदस्यीय टोली घोषणा

इन्भेष्टाेपेपर । आश्विन १०, २०८३

लस एन्जलस । अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था नासाले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रका लागि स्पेस एक्सको ’क्रु–फोर्टिन् अभियान’मा सहभागी हुने चार सदस्यीय टोलीको घोषणा गरेको छ ।

नासाका अनुसार अमेरिका, जापान र रुसका अन्तरिक्ष यात्री सहभागी हुने अभियान सन् २०२७ को बसन्त यामपछि मात्रै प्रक्षेपण हुनेछ । यो अभियान लामो अवधिको वैज्ञानिक अनुसन्धानमा केन्द्रित हुने चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

अमेरिकी अन्तरिक्ष यात्री कायला बारोनले यानको कमान्डर तथा क्रिस बर्चले चालकको जिम्मेवारी सम्हाल्नुहुनेछ । जापानको अन्तरिक्ष अनुसन्धान संस्था जाक्साका अन्तरिक्ष यात्री माकोटो सुवा र रुसी अन्तरिक्ष संस्था रोस्कोस्मोसका अन्तरिक्ष यात्री अरुत्युन किभिर्यानले अभियानका अनुसन्धान विशेषज्ञका रूपमा जिम्मेवारी सम्हाल्ने नासाले जनाएको छ ।

यो अभियान नासाको पृथ्वीको तल्लो कक्षसम्बन्धी कार्यक्रमअन्तर्गत स्पेसएक्ससँगको १४औँ व्यावसायिक अन्तरिक्ष यात्री आदानप्रदान अभियान हुनेछ । अभियानका क्रममा टोलीले वैज्ञानिक अनुसन्धान तथा प्रविधि परीक्षण गर्नेछ ।

यी अनुसन्धानले भविष्यमा चन्द्रमा र मङ्गल ग्रहमा मानव अन्वेषणका लागि आवश्यक प्रविधि तथा ज्ञान विकास गर्न सहयोग पुर्‍याउनुका साथै पृथ्वीमा रहेका मानिसलाई लाभ पुग्ने अनुसन्धानमा समेत योगदान गर्ने नासाले जनाएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *