संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भै प्रधानमन्त्री बालेन्द्र शाह स्वदेश फिर्ता
इन्भेष्टाेपेपर । आश्विन १०, २०८३
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर अमेरिकाबाट स्वदेश फर्किनुभएकाे छ । शनिबार अपराह्न उहाँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै काठमाडौं आइपुग्नुभएकाे हाे ।
प्रधानमन्त्री बालेन्द्र शाहलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, गृहमन्त्री सुधन गुरुङ र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले स्वागत गर्नुभयाे ।
प्रधानमन्त्री बालेन असोज ६ गते १४ सदस्य नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै महासभामा सहभागी हुन न्युयोर्क प्रस्थान गर्नुभएकाे थियाे ।
महासभा समक्ष गरेकाे सम्बोधनका क्रममा प्रधानमन्त्री बालेन्द्र शाहले हालै नेपालमा आएको भीषण बाढीको विषय प्रमुखताका साथ उठाउनु भएकाे थियाे ।
महासभाको ‘साइडलाइन’मा प्रधानमन्त्री बालेनले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस र अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजसँग भेटवार्ता समेत गर्नुभएकाे थियाे ।
