स्थानीय बजारमा सुनचाँदीको मूल्य घट्यो
इन्भेष्टाेपेपर । आश्विन १३, २०८३
काठमाडौँ । स्थानीय बजारमा मङ्गलबार सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला तीन हजार ८०० र चाँदीको मूल्य ११५ रुपियाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ९० हजार ५०० र चाँदीको मूल्य चार हजार ३९५ रुपियाँ कायम भएको छ ।
सोमबार छापावाल सुन प्रतितोला दुई लाख ९४ हजार ३०० र चाँदीको मूल्य चार हजार ५१० रुपियाँ कायम थियो । (रासस)
