दुई दिन पछि सर्‍यो कांग्रेसको महाधिवेशन, १८ गते उद्घाटन

इन्भेष्टाेपेपर । आश्विन १३, २०८३

काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको उद्घाटन समारोह असोज १८ गते दिउँसो २ बजे काठमाडौंको खुलामञ्चमा गर्ने भएको छ ।

कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा मंगलबार जारी प्रेस विज्ञप्तिअनुसार वडा, गाउँपालिका तथा नगरपालिका अधिवेशन सम्पन्न भइसकेका छन्।  अहिले प्रदेश सभा क्षेत्रीय अधिवेशन तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनहरू भइरहेका छन् ।

देशका विभिन्न स्थानमा भएको भारी वर्षाका कारण केही निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन तथा महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया अझै जारी रहेको विज्ञप्तिमा उल्लेख छ ।

निर्वाचन समिति तथा पार्टीका तहगत कार्यसमितिबाट प्राप्त जानकारीका आधारमा यस्तो अवस्था रहे पनि उद्घाटन समारोह भने निर्धारित मितिमै गर्ने कांग्रेसले जनाएको छ । यसअघि असोज १६ गते महाधिवेशनको उद्घाटन गर्ने तयारी थियो । 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *