घटस्थापनाको दिन सुनचाँदीको भाउ बढ्यो

इन्भेष्टाेपेपर । आश्विन २५, २०८३

काठमाण्डौ । कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनचाँदीको भाउ बढेको छ ।घटस्थापनको दिन आज सुन तोलामा ८०० रुपैयाँले बढेको हो ।

भाउ बढेर सुन आज तोलाको २ लाख ९६ हजार ५०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।अस्ति शुक्रबार पनि सुनको भाउ तोलामा २ हजार ९०० रुपैयाँले बढेर तोलाको २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको भाउ तोलामा ३५ रुपैयाँले बढेको छ । अस्ति शुक्रबार तोलाको ४ हजार ४०५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज तोलाको ४ हजार ४४० रुपैयाँ पुगेको छ । 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *