नेपाल टेलिकमले ल्यायो दसैँतिहार ‘अफर’, बाेनस डेटा तथा समय थप

इन्भेष्टाेपेपर । आश्विन २५, २०८३

काठमाडौँ । नेपाल टेलिकमले दसैँतिहार जस्ता चाडपर्वलक्षित विभिन्न सुविधा सार्वजनिक गरेको छ । जस अन्तर्गत नयाँ फाइबर टु दी होम (एफटिटिएच) इन्टरनेट जडान गर्ने ग्राहकलाई पाँच सय रुपियाँ जडान शुल्क मिनाहा हुने टेलिकमले जनाएको छ । त्यस्तै एक सय, १५० र दुई सय एमबिपिएस क्षमताका नयाँ वार्षिक इन्टरनेट प्याकेज खरिद गर्ने ग्राहकले थप एक महिनाको सेवा पाउने छन् । 

यो सुविधा असोज २५ गतेदेखि कात्तिक ३० गतेसम्म नयाँ एफटिटिएच प्याकेज जडान गर्ने ग्राहकले प्राप्त गर्ने टेलिकमले जनाएको छ । यस्तै प्याकेजमा बोनसका रूपमा उपलब्ध हुने मोबाइल डेटा पनि १३ महिनासम्म प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।

मोबाइल सेवाका ग्राहकका लागि ४९९ रुपियाँ र ६९९  रुपियाँका दुई प्रकारका ‘फेस्टिभल अनलिमिटेड’ प्याकेज पनि कम्पनीले सार्वजनिक गरेको छ । ४९९ रुपियाँको ‘फेस्टिभल अनलिमिटेड’ प्याकेजमा प्रतिदिन पाँच जिबी उच्च गतिको डेटा उपलब्ध हुने छ । सो डाटा सकिएपछि प्याकेजको बाँकी अवधिमा दुई एमबिपिएस गतिमा असीमित डाटा प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ ।

त्यस्तै ६९९  रुपियाँ को ‘फेस्टिभल अनलिमिटेड प्रिमियम’ प्याकेजमा प्रतिदिन १० जिबी उच्च गतिको डेटा उपलब्ध हुने टेलिकमले जनाएको छ । दैनिक डाटा सीमा सकिएपछि बाँकी अवधिमा तीन एमबिपिएस गतिमा असीमित डाटा प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ । टेलिकमकै नेटवर्कभित्र ९९ रुपियाँमा एक हजार एसएमएस पठाउन सकिने प्याकेज पनि कम्पनीले सार्वजनिक गरेको छ । 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *