रेमिट्यान्य २४ प्रतिशतले बढ्यो, दुई महिनामा ४ खर्ब ३६ अर्ब भित्रियो
इन्भेष्टाेपेपर । आश्विन २९, २०८३
काठमाडौँ । चालु आर्थिक वर्षको दुई महिना (साउन र भदौ)मा ४ खर्ब ३६ अर्ब ३६ करोड रुपैयाँ रेमिट्यान्स मुलुक भित्रिएको छ ।
गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यस वर्ष रेमिट्यान्स आप्रवाह २३.९ प्रतिशतले बढेको हो । गत वर्षको पहिलो दुई महिनामा रेमिट्यान्स ३३.१ प्रतिशतले बढेको थियो ।
मासिक रुपमा हेर्दा पनि भदौ २०८३ मा मात्र २ खर्ब २१ अर्ब ३१ करोड रेमिट्यान्स नेपाल आएको छ । गत आर्थिक वर्षको भदौमा १ खर्ब ७४ अर्ब ६७ करोड रेमिट्यान्स भित्रिएको थियो ।
गत भदौसम्म अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १३.५ प्रतिशतले वृद्धि भई २ अर्ब ८५ करोड पुगेको छ । गत वर्ष यस्तो आप्रवाह २७.६ प्रतिशतले बढेको थियो ।
