लक्ष्मी सनराइज बैंकको सिइओमा भट्टराई
इन्भेष्टाेपेपर । आश्विन २९, २०८३
काठमाडौं । लक्ष्मी सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा सुमेद भट्टराई नियुक्त हुनुभएकाे छ । सुमेदलाई मंगलबार बसेको सञ्चालक समितिको बैंकले १५ कात्तिकबाट लागू हुने गरी सिइओमा नियुक्त गरेको हो ।
उहाँ लक्ष्मी सनराइज बैंकमा वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत हुनुहुन्छ । हालका सिइओ अजयविक्रम शाहको दोस्रो कार्यकाल पूरा हुनलागेसँगै बैंकले आन्तरिक व्यवस्थापनबाटै नयाँ नेतृत्व चयन गरेको हो ।
भट्टराई सन् २००२ देखि लक्ष्मी सनराइज बैंकमा आबद्ध हुनुहुन्छ । व्यवस्थापनमा स्नातकोत्तर गर्नुभएका भट्टराईसँग बैंकिङ क्षेत्रको लामो अनुभव रहेकाे छ ।
