सरकारकाे निर्णयविरूद्व निवर्तमान महानिरीक्षक कार्कीद्वारा सर्वाेच्चमा रीट
इन्भेष्टाेपेपर । कार्तिक १९, २०८३
काठमाडौं । नेपाल प्रहरीका निवर्तमान महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले आफूलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गर्नुभएकाे छ।
आफूलाई आईजीपीको जिम्मेवारीबाट हटाएको निर्णयलाई कार्कीले कानुनी चुनौती दिने बाटो रोज्नुभएकाे हाे ।
कार्कीका तर्फबाट अधिवक्ता टीकाबहादुर कुँवर सर्वोच्च अदालतमा रिट लिएर पुगेको र थप कानुनी प्रक्रिया अघि बढिरहेको उहाँले बताउनु भएकाे छ।
सरकारले बुधबार कार्कीलाई आईजीपीबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार नियुक्त गरेको थियो। उहाँको स्थानमा एआईजी मनोजकुमार केसी आईजीपी नियुक्त भई कार्यभार सम्हालिसक्नु भएकाे छ।
