प्रधानमन्त्री शाहसँग भारतीय विदेश सचिव विक्रम मिस्रीको शिष्टाचार भेट
इन्भेष्टाेपेपर । कार्तिक १९, २०८३
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग भारतीय विदेश सचिव विक्रम मिस्रीले शिष्टाचार भेट गर्नुभएकाे छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज भएको भेटमा प्रधानमन्त्री शाहले नेपालमा भोटेकोशी बाढीलगायत विपद्का समयमा छिमेकी भारत सरकारले ‘फष्ट रेस्पोन्डर’ का रुपमा गरेको सहयोगप्रति आभार व्यक्त गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भेटका दुई पक्षीय हितका विविध विषयमा छलफल भएको जनाइएको छ ।
नेपालको दुईदिने औपचारिक भ्रमणमा रहनुभएका विदेश सचिव मिस्रीले बुधबार नै परराष्ट्र सचिव अमृतबहादुर राईसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय बैठक गर्नुभएकाे थियाे ।
भ्रमणका क्रममा विदेश सचिव मिस्रीले बुधबार नै अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठ र पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्नुभएकाे थियाे ।
विदेश सचिव मिश्री भ्रमण सम्पन्न गरी आजै काठमाडौंबाट नयाँदिल्ली प्रस्थान गर्नुहुनेछ । (रासस)
