नेपाल एसबीआइ र सुपर माइ हाइड्रोको लाभांश घोषणा, कसको कति?

इन्भेष्टाेपेपर । कार्तिक २७, २०८३

काठमाडौँ । नेप्सेमा सूचीकृत २ कम्पनी नेपाल एसबीआइ बैंक र  सुपरमाइ हाइड्रोपावर कम्पनीले लाभांश सार्वजनिक  गरेका छन् ।

नेपाल एसबीआइ बैंकले सेयरधनीलाई ८.२५ प्रतिशत लाभांश दिने भएको छ । एसबीआइले प्रतिकित्ता ३.४ प्रतिशत बोनस सेयर र ४.८५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । 

त्यस्तै, सुपरमाइ हाइड्रोको कात्तिक २२ गते बसेको सञ्चालक समितिकाे बेठकले १४ प्रतिशत बोनस सेयर र ४.४२ प्रतिशत नगद लाभांशसहित १८.४२ प्रतिशत लाभाँश दिने घाेषणा गरेकाे छ।  

दुवै कम्पनीले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकबाट स्वीकृत र साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीहरूले पाउने छन् । अघिल्लाे वर्ष एसबीआइले ९ प्रतिशत र सुपरमाइ हाइड्रोले २१.११ प्रतिशत लाभांश दिएका थिए ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *