हेलिकप्टर दुर्घटनामा मृत्यु हुनेहरुको शव ताप्लेजुङबाट काठमाडौं ल्याइदै

Investopaper, फाल्गुन १६, २०७५

ताप्लेजुङ :  हेलिकप्टर दुर्घटनामा मृत्यु भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको शव काठमाडौं पठाइएको छ । बुधबार दिउँसो पाथीभरा मन्दिर दर्शन गरेर फर्कनेक्रममा सिस्नेभीरमा हेलिकप्टर ठोक्किँदा ७ जनाको ज्यान गएको थियो ।

बुधबार हेलिकप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्रीसहितको शव ताप्लेजुङको सुकेटार विमानस्थबाट बिहीबार काठमाडौँ ल्याउन नेपाली सेनाको हेलिकप्टरमा राखिँदै । तस्वीरः नारायण ढुंगाना, रासस

दुर्घटनामा मृत्यु भएकाहरुको शव बिहीबार बिहान सुकेटार विमानस्थल ल्याइएको थियो। बुधबार दिउँसैदेखि पानी परेर मौसम खराब भएपछि शव ल्याउन सकिएको थिएन। बिहीबार बिहान मात्रै घटनास्थलबाट सुकेटार विमानस्थलमा शव ल्याइएको थियो।

गएरातिदेखि सुकेटार विमानस्थलमा हिमपात हुनथालेपछि बिहीबार बिहान शव काठमाडौं पठाउन सकिएको थिएन। मध्यान्ह मौसममा केही सुधार आएपछि सेनाको हेलिकप्टरमा शव राखेर काठमाडौं पठाइएको छ। शव काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याएपछि पोस्टमार्टमको लागि शिक्षण अस्पताल महाराजञ्ज लगिने छ। त्यसपछि श्रद्धाञ्जलीको लागि टुँडिखेलमा राखिने बताइएको छ।

मन्त्री अधिकारीको शव गृहजिल्ला कास्की लगिने छ। याे समाचार अाजकाे कान्तिपुरमा छ ।
Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *