तामाको भाँडामा राखेको पानी पिउनुहाेसः विभिन्न राेगबाट सुरक्षित हुनुहाेस !

Investopaper, फाल्गुन २३, २०७५

हाम्राे देशमा तामाकाे भांडामा राखेकाे पानी पिउने प्रचलन परापूर्व कालदेखि चलिअाएकाे हाे । पूर्खाहरूले पानीकाे संग्रह गर्नकाे लागी प्रयाेग गरिरहेका तामाका राेचे गाग्री, खडकुला, ताउलाहरूकाे महत्व अाजभाेली सावित हुदैछ ।

तामाको भाँडामा राखेको पानी पिउदा मानिसको स्वास्थ्य लाई लाभ हुने गर्दछ । धार्मीक तथा बैज्ञानिक हिसावले पनि ताँमाको भाडामा राखेको पानी पिउनु स्वास्थ्यका लागी लाभदायक छ । पहिले पहिलेका मानिसहरुले तामाकै भाडामा पानी राख्ने अनि तामाकै गीलास र लोटामा पानी खाने गरेका थिए ।

पछिल्लो समय जमाना सँगै सबै परिवर्तन हुदै आएको छ । तामाकाे स्थान अाल्मुनियम (सिल्टी), स्टिल र प्लाष्टिकका भांडाकुंडाले अाेगटेकाे छ । तथापी स्वास्थ्य सम्वन्धि अाएकाे सचेतना संगै र नयां नयां साेधकार्यले तामा र फलामका भांडाकुंडाकाे महत्व उजागार गरिदिएकाे छ । तामाको भाँडामा राखिएको पानीलाई ‘ताम्रजल’ भनिन्छ ।

कम्तीमा पनि ८ घण्टा तामाको भाँडामा राखीएको पानी पिउदा हुने फाईदाहरु यस प्रकारका छन् ।

१. यदि छाला स्वस्थ र सुन्दर बनाउन चाहनुहुन्छ भने रातभर तामाको भाँडामा राखिएको पानी नियमितरूपले बिहान पिउनुहोस् ।

२. तामाको भाँडामा पानी राख्नाले तामा बिस्तारै पानीमा मिसिएर सकारात्मक गुण प्रदान गर्छ । यसमा राखिएको पानी लामो समय सम्म राख्दा पनि बेस्वादको हुँदैंन ।

३. तामामा प्राकृतिक रुपमा ओलीगोडिनेमिकको रुपमा (ब्याक्टेरियामा धातुलाई स्टेरलाइज्ड) मानिन्छ । यसमा राखिएको पानीको सेवनले पेटमा भएको ब्याक्टेरिया सजिलै नष्ट गर्न सक्छ । यस्तै, पानीजन्य रोग डाइरिया, कमलपित्त जस्ता रोग रोक्न पनि उपयोगी मानिन्छ ।

४. थाइरेक्सिन नामक हर्मोनको असन्तुलनका कारण थाइराइडको रोग लाग्छ । तामाको भाँडामा राखिएको पानी पिउनाले शरीरमा थाइरेक्सिन हर्मोन नियन्त्रित हुन्छ र यो हर्मोन निकाल्ने ग्रन्थीको कार्यप्रणालीलाई पनि नियन्त्रित गर्छ ।

५. तामामा मष्तिष्कलाई उत्तेजित गर्ने गुण भएकाले मष्तिष्कले तीब्रता र कुशलतापूर्वक काम गर्न मद्दत गर्छ ।

६. यसमा एन्टी इन्फ्लेमेटरी भएकाले तामाको भाँडामा राखिएको पानी नियमित पिउनाले जोर्नी दुख्ने समस्या कम गर्छ ।

७. आयुर्वेद चिकित्सालयका अनुसार तामाको भाँडामा पानी खानाले तीनैवटा दोष (वात, कफ र पित्त) लाई सन्तुलित पार्ने क्षमता हुन्छ ।

८.यसले रगतको विकार र कमी हुने समस्या हट्छ ।

९. तामाको भाँडामा राखिएको पानी पिउनाले चाउरी पर्ने प्रक्रियालाई पनि ढिलो गराइदिन्छ ।

१०. एसिडिटी, कब्जियतजस्ता पेटका समस्या भएका मानिसका लागि तामाको भाँडामा राखिएको पानी अमृतसमान हुन्छ । आयुर्वेदका अनुसार यदि शरीरमा भएको विषाक्त पदार्थ बाहिर ल्याउनु छ भने ‘ताम्रजल’ पिउनु पर्दछ ।

– विभिन्न पत्रपत्रिकाबाट

 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *