धनकुटामा १२५ थरीका अर्गानिक परिकारकाे प्रदर्शनी

Investopaper, फाल्गुन २४, २०७५

धनकुटा — अर्गानिक खेतीको व्यावसायिक प्रवर्द्धन गराउने उद्देश्यले धनकुटामा पहिलोपटक बृहत् परिकार प्रदर्शनी आयोजना गरिएको छ । जिल्लामा पछिल्लो समय बढ्दो विषादी प्रकोपलाई न्यूनीकरण गर्दै स्वच्छ खानेकुरा सर्वसाधारणका लागि प्रदर्शन गरिएको आयोजकको दाबी छ ।

प्रदर्शनीमा १ सय २५ थरीका अर्गानिक परिकार राखिएका छन् । उद्यमी महिला बचत तथा ऋण सहकारी संस्था र मिसन मुस्कान पर्यटन प्रवर्द्धन केन्द धनकुटाको संयुक्त आयोजनामा बिहीबार एक दिवसीय परिकार प्रदर्शनी गरिएको हो । सानो करेसाबारी वा घरको छतमा नै तरकारी खेती गरी उत्पादन गरिएका सागसब्जीदेखि विषादीरहित खाद्य वस्तुबाट परिकार तयार पारिएको आयोजक महिला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष कुसुम रानाले बताइन् ।

जिल्लाकै पहिलाे तथा नाैलाेः

‘एकै ठाउँमा १ सय २५ प्रकारका परिकारको प्रदर्शनी पहिलोपटक आयोजना गरिएको हो,’ रानाले भनिन्, ‘बढदो विषादीलाई मुक्त गर्दै अर्गानिक खानेकुरा प्रवर्द्धनका लागि प्रदर्शनी आयोजना गरिएको हो ।’ धनकुटामा विषादीको मात्रा बढ्दै गएकाले यसको निराकरणमा महिला जुट्नुपर्ने उनको तर्क छ । भान्छामा अधिकांश महिलाले खाना बनाउने भएकाले विषादीमुक्त अभियानमा महिला नै जुट्ने रानाले बताइन् ।

१०९ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसर पारेर कार्यक्रम आयोजना गरिएको हो । प्रदर्शनी तथा अवलोकन कार्यक्रमको जिल्ला समन्वय समिति धनकुटाका प्रमुख टंकबहादुर चुवानले विशेष कार्यक्रमकाबीच उद्घाटन गरे । परिकार प्रदर्शनी तथा अवलोकनले विषादी मुक्त गर्ने अभियानमा सकारात्मक सन्देश दिएको चुवानले बताए ।

विभिन्न प्रकारका अर्गानिक परिकारबारे जानकारी तथा पुरस्कारः

स्थानीय तहदेखि सरोकारवाला सम्पूर्ण निकायको समन्वयबाट विषादी मुक्त अभियान थालिनुपर्ने पनि उनले बताए । ‘एउटै थलोमा यति धेरै परिकार देखेको र खाएको थिइन’, चुवानले भने, ‘अर्गानिक खाना स्वास्थ्यका लागि लाभदायी र हामीले सहजै पाउन सकिने खाद्य वस्तु भएकाले यसतर्फ सबैको ध्यान जानुपर्ने प्रदर्शनीले सन्देश दिएको छ ।’ कार्यक्रममा विभिन्न प्रकारका अर्गानिक खानाकोबारे जानकारी दिएको थियो । परिकार प्रदर्शनीको करिब एक हजार व्यक्तिले अवलोकन गरेको आयोजक समिति सदस्य सावित्रा राईले जानकारी बताइन् ।

प्रदर्शनीमा राखिएकामध्ये उत्कृष्ठ परिकारलाई पुरस्कृत गरियो । एलिशा रानाको सिस्नोको अचार पहिलो, मैया पौडेलको मेथीको चाम्रे दोस्रो, पूजा रानाको च्याउको छोइला तेस्रो र एलिशा श्रेष्ठको चुकौनीको अचारले सान्त्वना पुरस्कार पाए । याे समाचार अाजकाे कान्तिपुर दैनिकमा छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *