आयोजक झापा ११ र त्रिभुवन आर्मी क्लबबीच फुटबल फाइनल

Investopaper, फाल्गुन २६, २०७५

मगमग चौथो झापा गोल्डकप फुटबलको उपाधिका लागि पुनः आयोजक झापा ११ र त्रिभुवन आर्मी क्लबबीच फाइनल भिडन्त हुने भएको छ ।

शुक्रवार भएकाे पहिलाे खेलमा घरेलु टोली झापा–११ ले थ्री स्टारलाई टाइब्रेकरमा ३–१ ले स्तब्ध पार्दै चौथोे झापा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । यसैगरि शनिबार भएकाे दोस्रो सेमिफाइनलमा क्यामरुनी फुटबल क्लब दाउफिन्सलाई १–० ले पराजित गर्दै आर्मी फाइनल पुगेको हो ।

निकै राम्राे गाेल बचाउ गरेका झापाका गोलकिपर दिनेश थापामगर पहिलाे सेमीफार्इनल म्याचकाे म्यान अफ द म्याच घोषित भए । उनले १५ हजार रुपैयाँ प्राप्त गरे । यसै गरी दाेश्राे खेलमा आर्मीका विमल पाण्डे म्यान अफ द म्याच घोषित भए र उनले पनि १५ हजार रुपैयाँ प्राप्त गरे ।

गत संस्करणमा पनि झापा र आर्मीबीच उपाधि भिडन्त भएको थियो । सोमबार हुने फाइनलमा आर्मी उपाधि रक्षाको बाटोमा हुनेछ । यसपटक सहित झापा – ११ लगातार ४ पटक फार्इनलमा पुगेकाे छ भने अार्मी लगातार दाेश्राे पटक फार्इनलमा प्रवेश गरेकाे हाे ।

यस गाेल्डकपका विजेताले १२ लाख ५५ हजार र उपविजेताले ६ लाख ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *