स्पर्स लघुवित्तको आइपीओ आजबाट, १० देखि १३४० कित्ता सम्म आवेदन दिन पाइने

Investopaper, फाल्गुन २६, २०७५

स्पर्श लघुवित्त वित्तीय संस्थाले फागुन २६ गते (आज) देखि सर्वसाधारणमा साधारण शेयर (आईपिओ) जारी गरेको छ। कम्पनीले जारी पूँजीको ३० प्रतिशत २ करोड ६९ लाख ६३ हजार रुपैयाँ बराबरको शेयर निष्काशन गरेको हो।

स्पर्श लघुवित्तको आईपिओ निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार गानीकर्ताहरूले न्युनतम १० देखि अधिकतम १३ सय ४० कित्तासम्म आवेदन दिन पाइने गरी शेयर निष्कासन गरेको हो ।

लघुवित्तको आईपिओ छिटोमा फागुन २९ गते बन्द हुनेछ भने आवश्यक माग नपरेको खण्डमा भने चैत २५ गतेसम्म आवेदन खुला रहनेछ । इच्छुक लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाबाट सि आश्वा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् । मेरो शेयर प्रयोगकर्ताले पनि यस सफ्टवेयरबाट आईपिओ भर्ने सुविधा रहेको छ ।

आईपिओ जारी गरेपछि लघुवित्तको चुक्ता पूँजी ८ करोड २९ लाख ६३ हजार रुपैयाँ पुग्नेछ। शेयर निष्काशन पश्चात लघुवित्तको शेयर स्वामित्व अनुपात साधारण शेयरको ३२.५० प्रतिशत र संस्थापक शेयरको ६७.५० प्रतिशत कायम हुनेछ ।

 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *