शेयर बजारमा धेरै कमाउने १० कम्पनि हेर्नुहोस !!! नेप्सेको हरियालि कायमै

आज पनि सेयर बजारले अघिल्लो हप्ताको उछाललाई कायमनै राख्दै ५.९९ अंकले बढेको छ। यसैगरी बिहिबारको तुलानामा कारोबार रकम भने घटेको छ। १७२ कम्पनीको कारोबार भएको दिन आज कुल ३७.१२ करोड मुल्यको कारोबार भयो।

आजको सेयर बजारमा अधिकांश कम्पनीका सेयर मुल्य बढेको छ। बैंक तर्फ २७ मध्य २४ वटा बैंकको शेयर मुल्य बढेको छ। एभरेष्ट, स्टाण्डर्ड चार्टड र लक्षमी बैंकका सेयर मूल्य आज धेरै प्रतिशतले बढ्यो। यसैगरि बिकास बैंक तर्फ सिन्धु बिकास बैंक र कर्णाली बिकास बैंकका सेयरधनीले ६ प्रतिशत भन्दा बढी कमाए। मितेरी संग मर्ज हुने समाचारमा आएको तिनाउ बिकास बैंकको सेयर भने ६.७४ प्रतिशतले घट्यो।

नेप्सेमा १० धेरै गुमाउने कम्पनि

मर्जरतिर लम्किएको माईक्रोफाईनान्स छेत्र अन्तर्गत आशा र मिरमिरे सेयर मुल्य क्रमश ९.८४ र २.५५ प्रतिसतले बढेको छ। हाईड्रो तर्फ राधी जलबिध्युतको सेयर मुलय ७.८३ प्रतिसतले बढेर रु.१८३ मा बन्द भएको छ। नन लाईफ तर्फ एभरेष्ट ईन्सुरेन्स र आई.एम्.ई जेनेरलको सेयर लगभग २ प्रतिशतले बढेको छ। लाईफ ईन्सुरेन्स तर्फ प्राइम लाइफ बाहेक ६ वटै लाईफ ईन्सुरेन्सको सेयर मुल्य बढेको छ। यसैगरि युनिलिभर र बोटलर्स नेपाल तराई को सेयर २ प्रतिसतले उभो लाग्यो।

प्रमोटर तर्फ पुर्णिमालाई गाब्न लागेको साइन रेसुङ्गाको ४.४६ करोड बराबरको सेयर कारोबार भएको छ। सबैभन्दा बढी सेयर कारोबार भने प्रमोटर,माईक्रोफाइनान्स र इन्सुरेन्स कम्पनीको भएको छ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *