फेसबुक चलाउनु हुन्छ भने जान्नुहोस सबैभन्दा बढी लाईक र फलोअर भएका पेज।
नेपालमा फेसबुकका प्रयोगकर्ता अरु सामाजिक संजालको तुलनामा धेरैनै रहेका छन्। फेसबुककै अर्को मेसेजिङ एप ईन्टाग्राम अहिले युवा पिडि माझ लोकप्रिय छ। बिशेष गरि फेसबुक अहिले पुराना पुस्ता माझ अझ लोकप्रिय भएको छ। पत्रिका पल्टाएर खबर पढ्नु भन्दा अहिले तुरुन्तै फेसबुकमा खबर थाहा हुन्छ। प्रयोगकर्ताले आफ्नो तर्क बितर्क पनि राख्न पाउने हुंदा सामाजिक सन्जाल अझ पपुलर हुदै गएको छ।
फेसबुकका प्रयोगकर्ताले अहिले आफ्नो ईच्छा र रुची अनुसार बिभिन्न पेज लाईक गर्न सक्छन्। समाचारको लागि अनलाईन पोर्टलको फेसबुक पेज लाईक गर्न सकिन्छ। यसैगरि आफ्नो मन पर्ने कलाकारको पेज लाईक गरेर प्रयोगकर्ताले उनिहरुको गतिबिधि जान्न सक्छन्।

नेपालमा अनलाईन न्यूज पोर्टल अहिले सारैनै लोकप्रिय छ। सेप्टेमबर २०१८को तथ्यांक अनुसार ई-कान्तिपुरका पेज फलो गर्नेको संख्या ३६ लाख भन्दा बढि छ। यस्तै एन.सेल र बि.बि.सि नेपाली लाईक गर्ने को संख्या पनि ३५ लाख भन्दा बढी छ। दुईवटा अनलाईन समाचार पोर्टल न्यूज२४ र ताजा खबर फलो गर्नेको संख्या पनि ३० लाख भन्दा माथी छ।
चर्चित नायिका रेखा थापाका फ्यानहरु पनि ३३ लाख भन्दा बढी छन्। युवा पुस्ता माझ छाएकी प्रियंका कार्कीको पनि २२ लाख भन्दा बढी फ्यान रहेका छन्।
यसका साथै अमेरिकी एमबेसी, डि.सि नेपाल, रेडियो कान्तिपुरका पनि २५ लाख भन्दा बढी फलोअर छन्।
