स्वास्थ्यकाे दृष्ट्रिकाेणले देब्रे कोल्टो फर्केर सुत्नु फाइदाजनक
सुत्नु भनेकाे नितान्त व्यक्तिगत मामला हाे । आ- आफ्नाे आदत अनुरूप र बानी अनुसार सुताइकाे पाेजिसन फरक फरक हुन्छ । जसरी सुविधा हुन्छ त्यसैगरि निद्रादेवीकाे काखमा आराम गरिन्छ ।
यद्यपि सुत्ने तरिका व्यक्ति अनुसार फरक हुन सक्छ । बिर्सन नहुने कुरो के हो भने, सुताइको मुद्राले स्वास्थ्यमा सकारात्मक वा नकारात्मक प्रभाव पार्ने गर्छ । त्यसैले यसमा सचेतता अपेक्षित मानिन्छ ।
सुत्दाखेरी देब्रे कोल्टो फेरेर सुत्नु फाइदाजनक हुन्छ । यसरी सुत्दा हाम्रो शरीरमा जम्मा भएको/हुने विषाक्त पदार्थ बिस्तारै लिम्फेटिक प्रणालीद्वारा बाहिर निस्किन्छ । यति मात्र नभई, देब्रेतर्फ फर्केर सुत्दा हाम्रो कलेजोमा कुनै दबाब पर्दैन ।
यसले गर्दा पाचनतन्त्रले आराम पाउने गर्छ । अनि हामी राति सुतेका बेला पेट र प्यांक्रियाजले खाना पचाउने काम सजिलै गर्न सक्छन् । देब्रे कोल्टो सुत्दा प्यांक्रियाजबाट एन्जाइम ठीक समयमा निस्किन पाउँछ ।
अर्कातिर, यसरी सुत्दा शरीरमा रक्तसञ्चार राम्रो किसिमले हुने गर्छ र निद्रासमेत राम्ररी लाग्छ । यसरी सुत्दा थकाइ अनुभव हुन पाउँदैन ।
देब्रे कोल्टो सुत्दा पेटको एसिड माथितर्फ (मुखतिर) नगई तलतिरै बस्छ । यसले गर्दा एसिडिटी वा छातीमा जलनको समस्या हुन पाउँदैन ।
देब्रेतर्फको सुताइका कारण हामीले खाएको भोजन सानो आन्द्राबाट ठुलो आन्द्रासम्म आरामले जान सक्छ । यसैले बिहान पेट सजिलै सफा हुन्छ ।
यसैगरि देव्रे काेल्टाे फर्केर सुत्दा व्याकबाेन दुख्नेहरूकाे लागी फाइदाजनक हुन्छ भने गर्भवतीहरूले समेत देब्रे कोल्टो सुत्नु निकै उत्तम मानिन्छ ।
यदी देव्रे फर्केर सुत्ने बानी छैन भने आजै देखि वानी सुधार गराै र सुताइकाे पाेजिसनबाट हुने लाभ लिन नचुकाै ।
